बाजुरामा चट्याङ्ग लागेर एक महिला घाइते ५ पशु चौपाया मृत्यु

उमेश रोकाया


बाजुरा, असोज ०८। बाजुरा जिलाको गौमुल गाउँपालिका वडा नम्बर ४ मा चट्याङ्ग लागेर एक महिला घाइते भएकी छन् । भने ४ बाख्रा सहीत १ गोरु मरेको छ । गएराती १२ बजे चट्याङ्ग लागेर सोही वडाको कौडाकोटस्थित सयलीकी ४० वर्षीया साउनी रोकाया चट्याङ्ग लागेर घाइते भएकी हुन् । उनका ४ बाख्रा र वडा सदस्य समेत रहेका मंगल धामीको १ गोरु मरेका गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
घाइते महिलाको खुट्टामा चोट लागेको र उपचारका लागि घट्मुना अस्पताल ल्याउँने तयारी भईरहेको वडा सदस्य मंगल धामीले बताएका छन् । घटना भएको खबर पाउँने वित्तिकै ईलाका प्रहरी चौकी गौमुलबाट प्रहरीको टोली त्यसतर्फ खटी क्षतिको एकीन विवरण सहीत मुचुल्का तयारी गरिसकेको उपाध्यक्ष थापाले बताएकी छन् ।

विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास
अरुपनि पढ्नुहोस
सबै
सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अक्टोबरसम्म ३० हजारभन्दा बढी विदेशी पर्यटक मनाङमा, भारतीयको सङ्ख्या सबैभन्दा धेरै

बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता
















