मार्तडी र कोल्टीमा सुपथ मूल्य पसल सञ्चालनमा

उमेश रोकाया


बाजुरा, असोज ०६। बाजुराको मार्तडी र कोल्टीमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य संस्थानका शाखा कार्यालय सदरमुकाम मार्तडी र पूर्वीउत्तरी भेग कोल्टीमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि सुदूरपश्चिममा भने केहि ढिला गरी सञ्चालन गरिएको छ । जिल्लाका खाद्य संस्थानका कार्यालयमा विभिन्न प्रकारका चामल मात्रै बिक्रीवितरण हुने हुँदा सुपथ मूल्य पसलमा पनि चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर बिक्रीवितरण गर्न थालिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले बताएका छन् । केहि रुपैयाँ सस्तोको नाममा कसैले धेरै खरिद गर्न सक्ने भन्दै प्रतिव्यक्ति एक बोरा मात्रै र खरिद गर्दा सम्बन्धित व्यक्तिको नागरिकता नम्बर वा फोन नम्बर अनिवार्य गरिएको उनले बताए । सुपथ मूल्य पसलमा अन्य खाद्य वस्तु, स्थानीय बाली खरिद गर्न जिल्लाका पालिकाहरुसँग समन्वय भइरहेको कार्यालय प्रमुख भण्डारीले बताए ।
हाल मार्तडीमा सोना मोटा, अरुवा मोटा र जिरा मसिनो चामल गरी ४ हजार ५२ क्विन्टल र कोल्टीमा २ हजार ३ सय २३ क्विन्टल मौजाद रहेको छ । सुपथ मुल्य पसल सञ्चालन भएपछि कार्यालयमा अहिले सोना मोटा चामलको प्रतिकिलो ६० रुपैयाँ, अरुवा मोटा ५९ र जिरा मसिनो ८७ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ । सरकारले देशभर एकसाथ सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि ७ गतेभित्र अनिवार्य सञ्चालन गरिसक्नुपर्ने निर्देशन भएकाले केहि तयारी नपुगेकाले केहि ढिलाई भएको कार्यालयले जनाएको छ । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने छन् । सरकारले हरेक बर्ष बजार वस्तुहरु अभाव हुन नदिन र नागरिकलाई केहि सहुलियतका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल गर्दै आएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















