समाचार लेखेकै आधारमा वडाअध्यक्ष साहद्वारा पत्रकारलाई मार्ने धम्की

अशोक यादव


रौतहट । राैतहटकाे वृन्दावन नगरपालिका- ३ का वडा अध्यक्ष हरिनारायण साहले समाचार लेखेकाे भरमा पत्रकारलाई ज्यान मार्न धम्की दिएका छन । बिगतका बिकाशका बारेमा वडा अध्यक्ष माथि खाेजतलास तथा बिकाशकाे बारेमा सत्यतथ्य समाचार लेख्दा वडाअध्यक्षले मार्ने धम्की दिएका हुन ।
वडा अध्यक्ष साहले बिहानै रक्सी खाएर मातिने, वडा कार्यालयमा कहिले नजाने र जनताको काम कहिले नगर्न भएकाले रौतहटका एक जना पत्रकारले समाचार लेखेकै भरमा वडाअध्यक्षले ज्यान मार्न धम्की दिएको हो ।
वडाअध्यक्ष हरिनारायण साह वडाको जननिर्वाचित वडा अध्यक्ष मात्र नभएर बिदेश पठाउने दलालसमेत रहेको छ । उनले वडामा बसेर जनताको काम गर्ने भन्दा बिदेशमा मान्छे पठाउने काममा समय दिएको आरोप छ । उनले जनताको सेवा भन्दा पनि आफ्नो दलाली पेशालाई प्राथमिकता दिएर सधै बिना सूचना दलाली काममा बाहिर बस्ने उनको रबैया रहेको छ ।
उनले पत्रकार रमेश यादवलाई सत्यतथ्य समाचार बाहिर ल्याएको भन्दै धम्की पुर्ण भाषामा ज्यान लिने भनेको पत्रकार यादवले बताए । यादवले जनताको प्रतिनिधि भएर जनताको काम गर्नुस । बिना सुचना जनताको कामलाई थाती राखेर बाहिर नहिड्नुस । जनताको गुनासोको आधारमा सम्झाउदा पनि अध्यक्षले नमान्दा समाचार लेख्दा मार्ने धम्की दिएको बताए ।
अध्यक्ष शाहले समाचार बाहिर आएपछि फोन गरेर तिमी मेरो वडाको हो, चुप लागेर बस । तिमिले समाचार लेखेर राख्यौ अब हेर तिम्रो बारेमा म के-के भन्दै छु तिमी समाचार लेख्ने खालका हुदैनौ…… त्यति मात्र नभएर जातियता नारा लगाएर समाजमा द्वन्द फैलाएर समाजमा लडाई गराउने एक आपसमा झगडा गराउने किसिमका गालीगलौच गरेको आरोप उनी माथी लागेको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















