झापाका पुराना कम्युनिष्ट नेता कन्दङ्वा माओवादी केन्द्रमा प्रवेश

नवलपुर टुडे


झापा । झापाका पुराना बामपन्थी नेता लोकबन्धु कन्दङ्वा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले कन्दङ्वालाई पार्टी प्रवेश गराएका हुन् ।
कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र बामपन्थी बुद्धिजीवीको रुपमा सक्रिय थिए ।
माओवादी केन्द्र प्रवेश गर्दै कन्दङ्वाले जनताको भावना र ऐजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र भएको र आज मुलुक जुन ठाउँमा छ, त्यो माओवादीका कारण सम्भव भएको बताए । उनले माओवादीसँग एजेन्डाको कमी नभएको र त्यसको कार्यान्वयन भए माओवादीलाई कसैले छुन नसक्ने दाबी उनको थियो ।
सोही कार्यक्रममा एमालेका जिल्ला तथा नगरस्तरीय नेता, जसपाका विद्यार्थी नेतासहित करिब सात सय जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
















