विजयनगर गाउँ कमिटीकाे अधिवेशनकाे उद्घाटन मुख्यमन्त्री आचार्य आज आउँदै

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले विजयनगर गाउँ कमिटीको दाेस्राे अधिवेशन भदौ २८ गते शुक्रबार हुने भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाेस्राे गाउँ कमिटीकाे अधिवेशनकाे उद्घाटन गर्न आउने भएका छन् ।
दाेस्राे अधिवेशन भव्यरुपमा उद्घाटन गरिने तयारी भई सकेकाे गाउँकमिटीका सचिव गाेकर्ण प्रसाद सापकाेटाले बताए । अधिवेशनलाई सफल बनाउन विभिन्न उप-समिति गठन गरि जिम्मेवारी समेत बाँडफाँड गरिएको उनले बताए । अधिवेशनकाेे तयारीका कामहरूलाई व्यवस्थित रूपमा अगाडी बढाउन कमिटीमा आबद्ध सदस्यहरुलाई निर्देशनसमेत गरिएको सापकोटाले जनाए ।
नेकपा एमाले प्रदेश कमिटीका सदस्य गाेपाल बहादुर थापाले बैठकमा सहभागी नेताहरूलाई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जाेड दिएका छन् । गाउँपालिकाका अध्यक्ष समेत रहेका थापाले स्थानीय स्तरमा दिगो विकास र सामाजिक एकताको महत्त्वपूर्ण कदमको रूपमा यसलाई लिएको बताए । अधिवेशनलाई भव्य रुपमा सफल बनाउन सबै नेताहरुलाई उनलेे आग्रह समेत गरे ।






















