अपराध

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ

नवलपुर टुडे
२०८१ भदौ २७ | मध्यान्ह ०८:०५ बजे
ढाकाकुमार श्रेष्ठ। फाइल तस्बिर

पोखरा । लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्। उनलाई लागूऔषध बिक्री गरेको आरोपमा पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको शुभविहानी पोलिक्लिनिकबाट बिहीबार साँझ ६ बजे श्रेष्ठलाई पक्राउ गरिएको हो।

प्रहरी स्राेतका अनुसार लागू औषधसहित पक्राउ परेका एक जनाले श्रेष्ठको पसलबाट लागूऔषध खरिद गरेको बताएका थिए। साेही कारण सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ।

“लागू औषधसहित पक्राउ परेका एक जनाले उहाँको पसलबाट खरिद गरेको भनेर बयान दिएका थिए। साेही कारण सोधपुछ गर्नका लागि हामीले उहाँलाई नियन्त्रणमा लिएका हाैं।” प्रहरी स्रोतले भन्यो।

स्रोतका अनुसार श्रेष्ठलाई भोली अदालतमा पेश गरिनेछ।

 
 

 

 

 

 

 

 

कमेन्टहरु