सहकारी संसदीय छानबिन विशेष समितिलाई नेपाली कांग्रेसको लिखित सुझाव पेश


नवलपरासी । नेपाली कांग्रेसको भातृसंगठन सहकारी विभागले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई मंगलबार लिखित सुझाव बुझाएको छ ।
सहकारी विभाग प्रमुख एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले पार्टीका तर्फबाट सहकारी संसदीय छानबिन विशेष समितिका संयोजक सूर्य थापालाई लिखित सुझाव बुझाएका हुन् ।
कंडेलको नेतृत्वमा रहेको कांग्रेसको सहकारी विभागले सातवटै प्रदेशमा पुगेर संकलन गरेको सुझावलाई संसदीय समितिसमक्ष बुझाएको कंडेलका स्वकीय सचिव किशोर रायमाझीले बताए ।
हाल नेपालका सहकारीका बचतकर्ता अधिकांश गरिब र विपन्न परिवारका भएको र उनीहरूले बचत गरेको रकम दुरुपयोग गरिएकाले दोषीलाई अविलम्ब कारबाही गर्न सरकार गम्भीर हुनुपर्ने पनि माग गरिएको संसदीय छानबिन समितिमा बुझाएको सुझाबमा उल्लेख गरिएको छ ।
संसदीय छानबिन विशेष समितिलाई आवश्यक सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको विभागका प्रमुख एवम केन्द्रीय सदस्य कंडेलले जानकारी दिए ।






















