रौतहटमा जनता समाजबादी पार्टीलाई ठूलो झड्का


रौतहट । अगामी उपनिर्बाचनको लागि रौतहट गढिमाई नगरपालिका- ८ का लागि रौतहटमा चुनावी सरगमी बढेको छ । गढ़ीमाई नगरपालिका वडा नं ८ मा हुने उपनिर्बाचनमा जनता समाजवादी पार्टीकाे टिकटबाट जितेका रामज्ञा यादब क्यान्सन रोगबाट मृत्यु भएका थिए सो वडामा उपनिर्वाचन हुन लागेको हो ।
देशका बिभिन्न वडासगै साे वडामा पनि उपनिर्वाचन हुने भएकाले जनता समाजबादी पार्टीबाट निर्वाचित मृतक वडा अध्यक्ष रामज्ञा यादबका श्रीमतीलाई नेकपा एमालेबाट चुनाव लडाउने भएपछि जनता समाजबादी पार्टीलाई ठूलो धक्का लाग्ने भएको छ । श्रीमानले चुनाव जितेका दिन भन्दा अगाडि आफू नेकपा एमाले नै रहेको शनिबार एक कार्यक्रमको विच उनले बताए । उनले वडाबासीहरुसंग आफू नेकपा एमाले पार्टीबाट मृतक श्रीमानको स्थानमा उपनिर्वाचनमा चुनाव लड्ने बताईन ।
सो भेलामा नेकपा एमालेका जिल्ला ईन्चार्ज, क्षेत्र नं १ का सांसद प्रत्यासी तथा केन्द्रीय सदस्य युवाहरुको मन मस्तिष्कमा बसेका आदरणीय नेता अजय गुप्ता, नगर ईन्चार्ज एवं जिल्ला कमिटी सचिवालय सदस्य दिपेंद्र कुमार साह एवम गढिमाई नगरपालिकाकाे नगर संयोजक रामाकान्त यादव लगायतका सयाै जना भन्दाबढी वडावासीकाे उपस्थितमा उपनिर्वाचन सम्बन्धी विभिन्न छलफल भएको यादवका परिवारजनले जानकारी गराएका छन।






















