गएराति नवलपुरमा बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु

रासस


मध्यविन्दु (नवलपरासी) भदौ २२ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते हुनुभएको थियो ।
घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रण छन् ।

विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास
अरुपनि पढ्नुहोस
सबै
सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अक्टोबरसम्म ३० हजारभन्दा बढी विदेशी पर्यटक मनाङमा, भारतीयको सङ्ख्या सबैभन्दा धेरै

बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता
















