गोरखा–आँबुखैरनी सडक अबरुद्ध

नवलपुर टुडे

सुलीकोट, भदौ २१ । अबिरल बर्षाका कारण गोरखा–आँबुखैरेनी सडक खण्ड अबरुद्ध भएको छ । बिहीबारदेखि परेको अबिरल बर्षाका कारण पृथ्बी राजमार्ग अन्तर्गत गोरखा आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको हो ।
आँबुखैरेनी ५ किलोमा शुक्रबार बिहान ५ बजे पहिरो जाँदा सडक खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिनदेखि निरन्तर रुपमा परेको अबिरल बर्षाले गोरखा नगरपालिका –१३ स्थित ५ किलोमा बिहान ५ बजे पहिरो गएको छ ।
गोरखाबाट काठमाडौं, चितवन, पोखरा लगायत ठाउँमा पुग्नु पर्ने सवारी साधनहरु बिचबाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । लेदोसहित ठुलो पहिरो गएकाले पहिरो पन्छाउन नेपाल प्रहरी, गोरखा सडक योजना कार्यालय र गोरखा नगरपालिकाको सहयोगमा जेसिबी प्रयोग गरी पहिरो पन्छाउन सुरु भएको प्रहरीको भनाइ छ ।
अबको केही घण्टामा सडक सुचारु हुने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो । झण्डै ५ घण्टादेखि यात्रुबाहक सवारी साधनहरु रोकिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पहिरोका कारण आँबुखैरनी सडक बन्द भएको छ । निरन्तर रुपमा जेसिबीले पहिरो पन्छाउने काम गरिरहेकाले छिट्टै नै एकतर्फी रुपमा भए पनि सडक सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ ।

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय

रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
अरुपनि पढ्नुहोस
सबै
रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर
















