Opens in a new tab

अछाममा जिप दुर्घटना हुँदा ८ जना घाइते

नवलपुर टुडे

29Shares
dida bag ad

सुर्खेत । अछाममा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरू चढेको जिप दुर्घटना भएको छ ।  अछाम प्रहरीका अनुसार बुधबार दिउँसो साढे तीन बजेतिर साँफेबगरको मटेना भन्ने ठाउँमा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी ८ जना विद्यार्थीहरू घाइते भएका छन् । घाइते विद्यार्थीहरूलाई उपचारका लागि बयलपाटा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी, प्रहरी निरीक्षक जय पार्कीले रातोपाटीलाई जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश ०१००१ ज. १२३८ नम्बरको जिप साफेबाट सदरमुकाम मंगलसैन जाँदै थियो । जिप अनियन्त्रित भई नालामा पल्टिएको उनले बताए । जिपका चालक डडेल्धुराको नवदुर्गा गाउँपालिकाका लक्ष्मण साउँद प्रहरीको नियन्त्रणमा रहेको पार्कीको भनाइ छ ।

अरुपनि पढ्नुहोस

सबै

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे