भक्तपुरमा गाईजात्रा पर्व सुरु

नवलपुर टुडे

सारांश
भक्तपुर । भक्तपुरमा गाईजात्रा पर्व सुरु भएको छ । जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी घिन्ताङ्घघिसी नाच निकोसंगै भक्तपुरमा गाईजात्रा पर्व सुरु भएको हो । आठ दिनसम्म मनाइने गाईजात्राको भक्तपुरमा छुट्टै रौनक र आकर्षण रहेको छ ।
गाईजात्रालाई नेपाल भाषामा सापारु भनिन्छ । गाईलाई विधिवत् रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएका मध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रममा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहामचा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।
ताहामचालाई मृतकका घरको मूल ढोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराइ नगर परिक्रमा गर्ने गरिन्छ । ताहामचा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङ्गघिसी र माँक प्याखँ बाँदर नाच गाईजात्राको प्रमुख आकर्षण रहेको छ । विभिन्न सांस्कृतिक बाजा खिङ, धिमे, तं, भुक्ष्या बाजाका साथ ताहामच्चासँगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ ।
दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङ्घघिसी नाच भनिन्छ ।

गृहमन्त्री सुधन गुरुङ दिल्लीमा

नवलपुरको गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

केवाइसी अपडेटको बहानामा ५० लाख ठगी भारतीय सहित ३ जना पक्राउ

तीस लाख नेपालीलाई बाथ रोगको समस्या

एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो : युरोपेली सङ्घ
अरुपनि पढ्नुहोस
सबै
थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

आश्रममा आश्रित तीन सय जनालाई ग्रीनल्याण्डका विद्यार्थीले खुवाए खाना

कपिलवस्तुको गणेशपुर प्रहरीले १ लाख मुल्य बराबर कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट

मुगुमा दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत कबड्डी प्रतियोगिता सुरु हुँदै आजदेखि















