कीर्तिपुरमा स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना

रिदेन महर्जन


काठमाडौ । कीर्तिपुरका आराध्यदेव बाघ भैरव मन्दिरमा बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना भएको छ । मू्र्ति ल्हामो ह्याण्डीक्राफ्टबाट निर्मित कीर्तिपुरको बाघ भैरव मन्दिरमा स्थापना गरिएको हो ।
शुक्रबार ललितपुरमा भव्य रूपमा एक कार्यक्रमको आयोजना गरी बाघ भैरव स्वर्ण शक्ति भैरवको उक्त मूर्ति हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मूर्ति बनाउन सहयोग गर्ने कालिगढ र तिनका परिवारका सदस्यलाई समेत सम्मान गरिएको थियो । सो ३ फिट अग्लो उक्त मूर्ति करिब २० जना कालिगढले एक वर्षसम्म मिहिनत गरेर बनाउन सफल भएको हो ।
कीर्तिपुरमा हरेक वर्ष भाद्र १ गतेका दिनमा बाघभैरवको जात्रा गर्ने गरिन्छ । यस वर्ष जात्राको अघिल्लो दिन बाघभैरव स्वर्ण शक्ति भैरवको मूर्ति मन्दिरमा प्रतिस्थापन गरिएको हो ।
कीर्तिपुरको गुँदे दापा खलःका करीब २ सय ५० जनाको समूहले ललितपुरको लुँखुसिबाट बाजागाजासहित मूर्तिलाई खटमा बोकेर ललितपुरको विभिन्न स्थानमा परिक्रमा गराउँदै कीर्तिपुर पुगी बाघभैरव मन्दिरमा स्थापित गरेको हो ।
क्रोधकला शिरोमणि कालु कुमालेका स्वर्गीय छोरा वीरेन्द्रकुमार अवालेको स्मृतिमा ल्हामो ह्याण्डीक्राफ्टबाट सो मूर्ति निर्माण गरिएको हो । कीर्तिपुरमा बाघभैरवलाई रक्षक देवता तथा दुष्ट आत्माहरु र आपत विपत्तबाट जोगाउने भगवानको रुपमा पुज्दै आइरहेकाे छ ।

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
















