राजनीति

कांग्रेस नेता कंडेल र धर्म गुरु कालिबाबा बीच शुक्रबार भेटवार्ता, हिन्दूराष्ट्र’का लागि जस्तो सुकै त्याग गर्न तयार !

नवलपुर टुडे
२०८१ भदौ १ | बिहान ०७:०५ बजे

काठमाडौँ । विश्व प्रसिद्ध कमाउनु भएका हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) र पुर्व र्गृहराज्यमन्त्री एबं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता देवेन्द्रराज कँडेल बीच शुक्रबार भेटवार्ता भएको छ । कालिबाबा र नेता कँडेल बीच शुक्रबार साझ ७:०० बजे काठमाडौंस्थित होटेल आनन्दमा करिब १ घण्टा भेटबार्ता तथा छलफल भएको नेता कंडेलका स्वकीय सचिव कमल किशोर रायमाझीले नवलपुर टुडेलाई जानकारी दिएका छन।

भेटबार्तामा नेपाललाई सनातन हिन्दूराष्ट्र बनाउनु पर्ने विषयमा गम्भिर छलफल भएको हो । नेपाल सनातन हिन्दूराष्ट्र थियो । जनमत बिना हिन्दूराष्ट्र खोसिएको हो । यसका लागि आफुहरु जस्तो सुकै त्याग गर्न तयार रहेको उहाँहरुको एक श्वर थियो । नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कंडेलले संविधान संशोधनमा वैदिक सनातन हिन्दू राष्ट्र, निर्वाचन प्रणाली संशोधन जरुरी रहेको बताउँदै आउनुभएको छ। सत्ता साझेदारको प्रमुख दल नेपाली कांग्रेस भित्र सनातनहिन्दूराष्ट्रको पक्षमा वकालत गर्नेहरुको संख्या उल्लेख्य तवरबाट बृद्धि भइरहेको छ ।

कांग्रेस नेतृत्वमा २०७२ सालमा संविधान जारी गरिएको थियो। संविधानमा मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने निर्णय गरिएको थियो । यसअघि २०६३ सालको अन्तरिम संविधानमा नेपालले हिन्दु राष्ट्रको हैसियत गुमाएको थियो। त्यति बेला नै कसैको दबावमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै विरोध भएको थियो । कांग्रेसका महामन्त्री एबं प्रभावशाली नेता स्व खुमबहादुर खड्काले तत्कालिन समयदेखि नै नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र पुनर्स्थापनाको महाअभियान चलाउँदै आएका थिए ।

९४ प्रतिशत हिन्दू धर्मालम्बी भएको मुलुकमा जबरजस्ती धर्म निरपेक्ष मुलुक घोषणा गरिएको भन्दै विरोध भएपनि विरोधका स्वर अझै चर्किन सकेको छैन् । पछिल्ला केही वर्षदेखि भने कांग्रेस केन्द्रीय सदस्य तथा सांसद शङ्कर भण्डारी र नेता कंडेलको अगुवाइमा ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’ले स्थान पाउँदै गएको छ ।

कमेन्टहरु