राजनीति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतका विदेश सचिवको भेटवार्ता

नवलपुर टुडे
२०८१ साउन २७ | मध्यान्ह ०७:०४ बजे

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

खुमलटारमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

मिश्री आइतबार बिहान काठमाडौं आइपुगेका थिए । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

कमेन्टहरु