कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेको ३ बुँदे प्रस्ताव


काठमाडौ । कांग्रेस केन्द्रीय सदस्य एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा तीन बुँदे सुझाब प्रस्तुत गरिएको छ ।
बैठकमा महामन्त्री गंगन कुनार थापाले प्रस्तुत गरिएको सांगठनिक प्रस्तावमा सुझाव समाबेश गर्न सुझाब दिएका हुन । बैठकमा कंडेलले संविधान संसोधनमा वैदिक सनातन हिन्दु धर्म राष्ट्र र निर्वाचन प्रणाली संशोधन गर्न जरुरी रहेको धारण राख्नुभएको थियो ।
यस्तो छ, कंडेलले प्रस्तुत गरिएको तीन बुँढे सुझाबहरु:
१) स्थानीय तह, वडा, गाउँ/नगर निर्वाचन क्षेत्र प्रदेश,संघ र जिल्लामा सभापतिमा उमेदवार दुई खेमामा बिभाजित भई प्रतिस्पर्धाबाट आउने नतिजामा दोश्रो हुने सभापति उम्मेदवारको पक्षलाई २५ प्रतिशत कार्यसमितिमा उपस्थिती हुने गरी मनोनयन गर्नु पर्ने ।
२) पार्टीभित्र कुनै तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दा निर्वाचनमा पराजित सदस्यलाई आफू लडेको तह वा त्यस भन्दा माथिको पदमा मनोनित गर्न पाईने छैन । त्यसो गरे अमान्य हुनेछ । कुनै तहको सभापति पदको उम्मेदवार भई दोश्रो स्थान प्राप्त गर्ने ब्यक्तिलाई बरिष्ठ सदस्यमा मनोनीत गरिनेछ ।
३) पार्टीको टिकटबाट निर्वाचित स्थानीय तहदेखि संघसम्मका जनप्रतिनिधिबाट भ्रष्टाचार, देशद्रोह, बलात्कार, ज्यान मर्ने उद्योग, डाँका, लुटपाट आगजनीका कसुरमा अदालतबाट मुद्दा दर्ता भई बिचराधिन भएका ब्यक्तिलाई पार्टी वा जनप्रतिनिधिका रुपमा मुद्दा किनारा नलागेसम्म दुवै तहमा भाग लिन पाउने छैन ।

पार्टी अनुशासन
१) अनुशासन उल्लघन गर्ने जुनसुकै तहका सदस्यको बिरुद्ध स्थानीय, प्रदेश वा संघको निर्वाचनमा असहयोग गरेको फोटोग्राप, अडियो, भिडियो, भ्वाईस रेकर्डसहित ठोस प्रमाण प्राप्त भई कारबाहीको लागि लेखि आएमा त्यस्ताको हकमा तीन महिनाभित्र छानविन गरी नेपाली कांग्रेसको साधारण सदस्य नरहने गरी पार्टीबाट निष्काशित गर्नेछ ।






















