राजनीति

बालेनलाई पूर्वमेयर शाक्यको चेतावनी: नगरप्रहरीको आडमा गुण्डागर्दी सैह्य हुँदैन

नवलपुर टुडे
२०८१ साउन १९ | मध्यान्ह ०५:०४ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले अहिले मेयर बालेन शाहले नगरप्रहरीको बलमा गुण्डागर्दी गरिरहेको आरोप लगाएको छ ।

शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा पूर्वमेयर शाक्यले आफ्नो पालामा नगर प्रहरीले एक जनालाई पनि कुटपिट नगरेको बताउँदै अहिले नगरप्रहरीले जनप्रतिनिधिलाई समेत धम्क्याउने काम गरेको आरोप लगायो । उनले नगरप्रहरीको बलमा हुने गुण्डागर्दी सैह्य नहुने चेतावनी दिए ।

‘स्थानीयको इच्छा विपरित महानगरले काम गरिरहेको छ’, पूर्वमेयर शाक्यले भने, ‘न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको छ । उनले नगर प्रहरी अनावश्यक रुपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गर्‍यो । पूर्व मेयर शाक्यले महानगर प्रमुख बालेनको धरहरा भत्काइदिने अभिव्यक्तिको प्रतिरोध गर्‍यो । उनले भने, ‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरु बेलामा सुविधा सबै लिने । गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरुलाई दिने गर्छन् ।’

शाक्यले काठमाडौं महानगरको मेयर हुँदा अघि बढाएका कामबाहेक एक-दुई काम मात्र अहिले नयाँ ढंगले आएको दाबी गरे । आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९औं स्थानमा राखेको भए पनि अहिले हैसियतअनुसार काम नहुँदा १७औं स्थानमा पुगेको उनको भनाइ थियो ।

कमेन्टहरु