राज्य व्यवस्था समितिका सभापतिले मागे उपसभामुख इन्दिरा रानाको राजिनामा

नवलपुर टुडे


काठमाडौं, साउन ४ । उपसभामुख इन्दिरा रानाले आफ्नो पदको लेटरहेडमा अमेरिकी दूतावासलाई चिठी लेख्दै संसदसँग गैरसम्बन्धित पाँच व्यक्तिको अन्तर्वार्ता मिलाइदिन एक वर्षअघि गरेको आग्रहबारे सूचना चुहिएपछि सांसदहरुले चासो राखेका छन् ।
शुक्रबार कार्यव्यवस्था समिति बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख राना, कानुनमन्त्री अजय चौरसियालगायतसँग राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले रानालाई मानव तस्करहरुले दुरुपयोग गरेको देखिन आएको भन्दै ध्यानाकर्षण गराए ।
‘उपसभामुखजस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई मानव तस्करहरुले दुरुपयोग गर्दै पैसा लिएर मान्छे विदेश पठाउन खोजेको देखियो, यसमा म सभामुखज्यूको ध्यान आकृष्ट गर्छु,’ खतिवडाले भने, ‘यति गम्भीर प्रश्न उठिसकेपछि उपसभामुखज्यूले राजीनामा दिएर नैतिकता देखाउनुपर्छ कि पर्दैन ?’
खतिवडाले यसअघिको सरकारमा रहने विभिन्न पदाधिकारीले सुशासन निर्माणका लागि अनियमितता र गलत काममा फाइल खोल्ने भनी बोल्दै आए पनि यति गम्भीर विषयमा भने मौन रहन खोजेको आरोप पनि लगाए ।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















