राजनीति

नेतृ सुजाता कोइरालाले आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा

नवलपुर टुडे
२०८१ साउन ४ | मध्यान्ह ०३:०४ बजे

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् । शुक्रबार बालुवाटारस्थित शेखर कोइरालाको सचिवालयमा पुगेर सुजाता कोइरालाले आफूभित्र कुनै विवाद नरहेको भन्दै आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन् ।

पार्टीका अग्रज आफ्ना परिवारहरूले देखेको सपना पूरा गर्ने नेतृत्वदायीक भूमिका शेखर कोइरालाले लिएको भन्दै सुजाता कोइरालाले मुलुकलाई निकास एकजुट हुनै पनि उल्लेख गरिन् । त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले देश अप्ठेरो अवस्थामा रहेका बेला सबै मिलेर अघि बढ्नुपर्ने बताए । 

उनले विगतमा केही तल माथि भए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको भन्दै पुन: एकताबद्ध भएर अघि बढ्ने धारणा राखे । उनले आगामी महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासमक्ष आग्रह गरे ।

कमेन्टहरु