कांग्रेस र एमालेको नयाँ सरकार गठनको पूर्वसन्ध्यामा कांग्रेसका हिन्दूवादी नेताहरु एकजुट

नवलपुर टुडे
२०८१ असार २३ | मध्यान्ह ०६:०३ बजे

काठमाडौं । कांग्रेस र एमालेको गठबन्धनमा नयाँ सरकार गठनको तयारी भइरहँदा कांग्रेसका हिन्दूवादी नेताहरु एकजुट भएका छन् । कांग्रेसका हिन्दूवादी नेताहरु पार्टीका केन्द्रीय सदस्य एवं नेपाल कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक शंकर भण्डारीको महाराजगञ्ज सम्पर्क कार्यालयमा भेला भएका हुन् ।
भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरु देवेन्द्रराज कंडेल, पुष्पा भुसाल, नेतृहरु गंमनी शाही, मुक्तकुमारी यादव, सीता देवकोटालगायत सहभागी थिए । भेलामा नयाँ सरकार निर्माण र संविधान संशोधनका क्रममा हिन्दू राष्ट्र स्थापनाको विषयलाई एजेण्डाका रुपमा अगाडि बढाउनु पर्नेमा छलफल भएको बताइएकाे छ ।
हिन्दूवादी नेता भण्डारीलाई आगामी सरकारमा समावेश गर्न उक्त भेलाले दबाब सिर्जना गर्ने अनुमान गरिएको छ ।






















