राजनीति

प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौँ : घनश्याम भुसाल

नवलपुर टुडे
२०८१ असार २० | मध्यान्ह ०४:०३ बजे
फाइल तस्बिर

काठमाडौं, असार २० । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । 

बिहीबार पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे ।

कांग्रेस–एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको उनको भनाइ छ । संविधान संशोधनको मुद्दा स्पष्ट रूपमा बाहिर नआइसकेको भन्दै स्पष्ट रूपमा आए पार्टीमा छलफल गर्ने जिकिर गरे । उनले पार्टी नेतृत्व चयनका विषयमा सकारात्मक रूपमा सहमतिको प्रयास भइरहेको भन्दै निराश हुनुपर्ने अवस्था नरहेको बताए ।  

कमेन्टहरु