अपराध

नवलपरासीमा अवैध रुपमा मेन पावर संचालन गरेका दुई भारतीय नागरिक पक्राउ

नवलपुर टुडे
२०८१ असार १८ | मध्यान्ह ०५:०३ बजे

नवलपरासी, असार १७ । पश्चिमको नवलपरासीमा अवैध रुपमा मेन पावर संचालन गर्ने दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

रामग्राम नगरपालिका वडा नं.५ बाईपासमा बिना दर्ता जेडी मेनपावर सर्भिसेज नामको कार्यालय संचालन गरेका भारतको महाराष्ट्र जिल्ला मुम्बई पोष्ट बर्भे नगर गाँउ असल्फा बस्ने वर्ष २४ को र्निसग रविंन्द्र राणे र मुम्बई जि.पी.ओ. कोलाव बस्ने वर्ष ३७ को जावेद मसिहलाई सोमबार दिउँसो साढे ३ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले करिब ५ दिन अगाडीदेखि रसिया, अस्ट्रेलिया, ईटाली लगायतका देशहरुमा लैजाने उद्देश्यले कार्यालय संचालन गरेको खुल्नमा आएको नवलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । उनका अनुसार कार्यालय खानतलासी गर्दा २ थान मोबाईल, १ थान ल्यापटप, भारतीय आधार कार्ड, भारतीय बैंकको चेकबुक र डेविड कार्ड सहित फेला परेको थियो ।

photo 2024 07 02 17 10 47

श्रम तथा रोजगार कार्यालय बुटवलसँगको समन्वयमा आज (मंगलबार) उक्त कार्यालयको बोर्ड हटाई सिल गर्नुका साथै बरामद सामान तथा पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागी श्रम तथा रोजगार कार्यालय बुटवल, रुपन्देहीलाई बुझाइएको छ ।

अनुसन्धानका क्रममा हालसम्म कोहि कसैको उजुरी वा गुनासो प्राप्त हुन नआएको हुँदा सो सम्बन्धि कुनै उजुरी वा गुनासो भएमा जिप्रका नवलपरासी वा श्रम तथा रोजगार कार्यालय बुटवलमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

कमेन्टहरु