देउवा ओलीप्रति बालेन शाहको दह्रो व्यंग्य : यो समय गिरीबन्धु चियाको हो

नवलपुर टुडे
२०८१ असार १८ | बिहान ०९:०३ बजे

काठमाडौं । संसदका प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने सहमति भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले व्यंग्य गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा दुवै दलका शीर्ष नेताको तस्वीर राख्दै बालेनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’ महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी-स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । केही समयअघि उनले उक्त प्रकरणमा कुनै पनि सत्ता बार्गेनिङ नगरी तत्काल पहलकदमी आवश्यक रहेको बताएका थिए ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ । सहमति अनुसार पहिले नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् ।
https://www.facebook.com/share/6j6JDwAzzks8UoK8/?mibextid=oFDknk























