Opens in a new tab

रौतहटका विद्यार्थी पानीमा डुबेर पढ्न बाध्य

अशोक यादव

29Shares
dida bag ad

रौतहट । राैतहटकाे एक विद्यालयका विद्यार्थीहरु पानीमा नै डुबेर अध्ययन गर्न बाध्य भएका छन। राैतहटकाे दुर्गा भगवती गाउँपालिकाकाे वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभुत विद्यालयकाे चाैर र कक्षा काेठामा नै पानी जमेपछि उनिहरु साेही जमेकाे पानीमा नै डुबेर शिक्षण क्रियाकलापमा भाग लिदै आईईएकाे पत्रकार महासंघ राैतहटका उपसचिव संजय सहनीले तराई पाेष्टलाई जानकारी दिनु भएकाे छ ।

केही दिन अगाडी परेकाे बर्षातकाे पानी जमेका कारण साे विद्यालयका विद्यार्थीहरु पानीमा डुबेर पिटि गर्नुका साथै कक्षा काेठामा समेत पानी भएकाले पानीमा नै अध्ययन गरिरहेकाे देख्दा आफ्नाे आखाँबाट आशु समेत झरेकाे सहनीकाे भनाई रहेकाे छ ।

पुर्व प्रधानमन्त्री एवम नेकपा एसका अध्यक्ष माधब नेपालकाे निर्वाचन क्षेत्रमा यस्ताे अबस्था देख्दा अचम्मित भएकाे उहाँकाे भनाई रहेकाे छ । गाैरमा राजनिती गर्दै आउनु भएका सबै नेताहरुले आफुलाई विकासप्रेमी नेताकाे रुपमा चिनाउन खाेज्ने तर विद्यालयलाई याे अबस्थाबाट उतार्न भने कसैकाे चासाे नदेखिएकाे दुखेसाे ब्यक्त गर्नुभयाे ।

यस तर्फ सम्बन्धित निकायहरुकाे ध्यान चाडाे जानू पर्ने सहनीले बताउनु भएकाे छ ।