नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट रञ्जितालाई हटायो

नवलपुर टुडे
२०८१ असार १७ | बिहान ०८:०३ बजे

काठमाडौँ, असार १७ । नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक फेरबदल गरेको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा फेरबदल गरिएको हो ।
संसदीय दलको नेता रहेकी रञ्जिता श्रेष्ठलाई हटाएर उनको ठाउँमा गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए ।























