एकीकृत समाजवादीको महाधिवेशन आजदेखि सुरु, अध्यक्षमा तीन नेताको दाबी

नवलपुर टुडे


काठमाडौं,असार १६ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीको महाधिवेशन आजदेखि सुरु हुँदैछ । आज सुरु हुने महाधिवेशन २० असारसम्म चल्ने जनाइएको छ ।
एमालेबाट विभाजित भएर २०७८ भदौमा एकीकृत समाजवादी स्थापना भएको हो । त्यसको तीन वर्षपछि महाधिवेशन गर्न लागेको नेकपा एसले यसलाई १०औँ महाधिवेशन भनेको छ । पार्टीलाई एमालेकै निरन्तरताका रूपमा यो महाधिवेशनलाई १०औँ महाधिवेशन भनिएको हो ।
प्रज्ञा भवन कमलादीमा महाधिवेशन हुनेछ । आज बिहान ११ बजे भृकुटीमण्डपबाट र्याली निकालिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमा पार्टी नेतृत्वका लागि तीन नेताले दाबेदारी प्रस्तुत गरेका छन् । हालका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबेदारी प्रस्तुत गरेका छन् ।
एकीकृत समाजवादीले महाधिवेशनबाट २१ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने भएको छ । वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरिनेछ भने उपाध्यक्षमा महिला सिटसुरक्षित गरिनेछ । त्यस्तै सम्मानित नेताको पद पनि कायमै राखिने नेकपा एसका नेताहरूले बताएका छन् ।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















