Opens in a new tab

समाचार

पत्रकार महासंघ रुपन्देही कार्यालयमा युनियनद्वारा तालाबन्दी

नवलपुर टुडे
२०८१ असार १५ | मध्यान्ह ०३:०३ बजे

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा तालाबन्दी गरेको छ। नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको सहमतिलाई तोडेर एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएकाले महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस युनियनले ताला लगाएको रुपन्देही सभापति कबिन्द्र नेपालले जानकारी दिए।

महासंघकै शाखा, प्रदेश तथा प्रतिष्ठान समितिले सिफारिस गरेका तथा योग्यता पुगेका आवेदकहरु हटाएर मतदाता नामावली सार्वजनिक गरेकाले प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्दीय कार्यालय र सबै जिल्ला शाखाहरुले जिल्लाका महासंघका कार्यालयमा तालाबन्दी गरेको सचिव कपिल ज्ञवालीले जानकारी दिए।

केन्द्रिय सदस्यद्वय रेखा भुसाल, बिजय पोखरेल, प्रदेश कोषाध्यक्ष सिपि खनाल तथा जिल्ला कार्यसमिति एवं सदस्यहरुको समुहले ताला लगाएको हो ।
महासंघ रुपन्देहीको नियमित बैठक सकिदै गर्दा युनियनले ताला लगाएको हो। युनियनले ताला लगाएसंगै रुपन्देहीको निर्वाचन प्रभावित हुनेछ ।

कमेन्टहरु