राजनीति

कोशी प्रदेश सरकारविरुद्धको मुद्दा खारेज, हिक्मत कार्की सरकारले नै निरन्तरता पाउने

नवलपुर टुडे
२०८१ असार ११ | मध्यान्ह ०५:०३ बजे

काठमाडौँ, असार ११ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो ।

मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा‍. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान अध्यक्ष कार्कीले दायर गरेको रिट खारेज गरेको हो ।

रिट खारेज भएपछि वर्तमान मुख्यमन्त्री कार्कीले नै निरन्तरता पाउने भएका छन् । 

कमेन्टहरु