Opens in a new tab

समाचार

नेपाली कांग्रेसले गिरिजाप्रसादको जन्म शताब्दि मनाउँदै

नवलपुर टुडे
२०८१ असार ९ | बिहान ०६:०३ बजे

काठमाडौँ । नेपाली कांग्रेसले दिवंगत पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दि मनाउने भएको छ।

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले असार १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा विविध कार्यक्रम गरी जन्म शताब्दि मनाउन लागेको हो।

बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने कार्यक्रममा कोइराला संलग्न ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी र तीनवटा विमर्शका कार्यक्रम हुने कांग्रेसले जनाएको छ।

पहिलो विमर्श सेसनको शीर्षक पनि ‘क्रान्तिदेखि शान्तिसम्म’ राखिएको छ। दोस्रो विमर्श सेसनको शीर्षक ‘समुन्नतीको दोस्रो जग’ र तेस्रोको शीर्षक ‘फोटो पत्रकारिताः जोखिम र अनुभव’ राखिएको छ।

कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाबाट गर्ने जनाएको छ। स्वर्गीय नेता कोइराला दोस्रो जनआन्दोन २०६२/६३ का नेतृत्वकर्ता हुन्। जसको जगमा नेपालमा गणतन्त्र स्थापना भएको हो।

कोइरालाकै नेतृत्वमा तत्कालीन विद्रोही माओवादीसँग वार्ता गरी शान्ति स्थापना भएको थियो।

 
 

कमेन्टहरु