कांग्रेसले बोलायो संसदीय दल कार्यसमिति र संसदीय दल बैठक

नवलपुर टुडे
२०८१ असार ५ | मध्यान्ह ०३:०३ बजे

काठमाडौं, असार ५ । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल बैठक बोलाएको छ। असार ७ गते शुक्रबार दिउँसो २ बजे संसदीय दल कार्यसमिति बैठक बस्ने भएको हो।
यो बैठक संघीय संसद भवनमा रहेको संसदीय दल नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ। त्यसपछि अपराह्न ३ गते संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दल बैठक बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।






















