भारतबाट अवैध रुपमा ल्याइएको ११५ बोरा अवैध प्याज बरामद

नवलपुर टुडे


बुटवल, असार २ । सशस्त्र प्रहरीले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित वसन्तपुरबाट १ सय १५ बोरा अवैध प्याज बरामद गरिएको छ ।
भारतबाट अवैध रूपमा नेपाल ल्याएर गोदाम गरी राखेको अवस्थामा आइतबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डा रुपन्देहीबाट खटिएको टोलीले उक्त परिमाणको प्याज बरामद गरेको हो ।
करिब ५ हजार ७ सय ५० केजी रहेको प्याजको मूल्य करिब २ लाख ३० हजार बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको प्याज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















