अपराध

राैतहटमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

अशोक यादव
२०८१ असार १ | मध्यान्ह ०९:०३ बजे

राैतहट, असार १ । रौतहटको राजपुर फरहदवा वडा नं ५ मा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरेको छ ।

स्थानीय मसुद आलम लहेरीले आफ्नो श्रीमतीको ३६ वर्षिया नाजमुन खातुनको हत्या गरेको आरोपमा पक्राउ गरि घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिएका छन् ।

लहेरीले श्रीमती खातुनको विहीबार राति साढे ४ बजेतिर हत्या गरेको प्रारम्भिक बयानमा स्विकार गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए । खातुनका एक छाेरा र दुई छोरी छन् ।

खातुनका बुबा देवाही गाेनाही नगरपालिका वडा नं ६ का नेयामत मियाले छोरीको हत्यामा उनका सासू ससुराको संलग्नता रहेको भनी जिल्ला प्रहरी कार्यालय राैतहटमा जाहेरी दिएका छन् ।

कमेन्टहरु