तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु, ३३ घाइते

नवलपुर टुडे


काठमाडौँ, जेठ २८ । भारतको जम्मु काश्मिरमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु भएको छ ।
जम्मु काश्मिरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा आइतवार भएको ‘आतङ्कवादी आक्रमण’मा परी अन्य ३३ जना घाइते भएका छन् ।
बस दुर्घटनाबारे एएनआईसँग कुरा गर्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रियासी मोहिता शर्माले दुर्भाग्यपूर्ण घटना रहेको भन्दै दुःख व्यक्त गरिन् ।
आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको शर्माले बताइन् ।
उनले घाइतेहरूको उद्धार गरी तत्कालै नरैनापुर र रियासी जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको बताइन् ।
घटनामा संलग्नको पहिचान हुन नसकेको पनि उनले बताइन् । एएनआई

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















