अपराध

पाल्पामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

असिम कामु
२०८१ जेष्ठ २६ | मध्यान्ह ०५:०२ बजे

पाल्पा, जेठ २६ । पाल्पामा किशोरी बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामपुर नगरपालिका–५, पारि बेझाडका २५ वर्षीय विक्की दमाईं छन् ।

उनीमाथि १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । गत जेठ ३ गते उनले ती किशोरीलाई ललाइफकाइ आफ्नै घरमा लगेर बलात्कार गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा शुक्रबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु