विजयनगरमा २५ हजार ६ सय बढी पशुलाई भ्याक्सिन

नवलपुर टुडे


कपिलवस्तु, जेठ २३ । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले २५ हजार ६ सय ६७ पशुलाई भ्याक्सिन (डाेज) दिएकाे छ । गाउँपालिकाले वार्षिक कार्यक्रम २०८०/०८१ अन्तर्गत बाख्रा, भेडा, गाई, भैंसी, र गाेरुलाई नि:शुल्क भ्याक्सिन दिइएकाे पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले जानकारी दिए ।
शाखाका प्रमुख ठाकुरले १४ हजार ९ सय १९ ओटा बाख्रा र भेडालाई पिपिआर भ्याक्सिन (खाेप) दिएकाे बताए । यस्तै १० हजार ७ सय ४८ ओटा गाई, भैंसी र गाेरुलाई एफएमडी, एचएस र बिक्यु भ्याक्सिन दिइएकाे उनले बताए ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले गाउँपालिका भित्रको भेँडा, बाख्रा, गाई, भैँसी, गाेरुलाई पशुजन्य रोगबाट सुरक्षित राख्न गाउँपालिकाले कुनै कसर नराख्ने बताएका छन् । अध्यक्ष थापाले खोप लगाउन मात्र नभई पशु पालक किसानलाई खोप र रोगको बारेमा जानकारी समेत दिन गरि पशु प्राविधिकहरुलाई किसानकाे घरमै खटाइएको बताए ।
पशुचाैपायालाई सुरक्षित र निराेगी राख्न गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको उनकाे भनाई छ । उनले रोग पत्ता लगाउने, उपचार गर्ने र निगरानी गर्ने काम गाउँपालिकाले गरिरहेकाे बताए ।
पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले पशुजन्य रोगको लक्षण देखिने बित्तिकै उपचारमा ध्यान दिनुपर्ने बताए । विभिन्न रोग लाग्न नदिन खोप लगाउँदै आइएको बताउँदै रोग लाग्न नदिनका लागि भ्याक्सिन नलगाई नहुने उनले बताए । पशुुचाैपायामा समस्या देखिएमा जानकारी प्राप्त हुनासाथ किसानकाे घरमै पुगेर सेवा प्रदान गरिने उनले जनाए ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















