मुगु र हुम्लाका २८ जना बालबालिकालाई काठमाडौँ लैजाँदै गरेका एक व्यक्ति पक्राउ

नवलपुर टुडे


सुर्खेत, जेठ २२ । मुगु र हुम्लाका २८ जना बालबालिकालाई काठमाडौँ लिएर जाँदै गरेको अवस्थामा सुर्खेतबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट प्रहरीले नाम्गेल छिरिङलाई पक्राउ गरेको हो । उनको साथमा २८ जना बालबालिका थिए ।
प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई काठमाडौंमा आवाससहितको शिक्षा दिने भनेर लैजान लागेको बयान छिरिङले दिएका छन् । ती बालबालिकालाई बाबुआमाकै आग्रहमा आफूले काठमाडौं लैजान लागेको छिरिङले बताएको प्रहरीले जनाएको छ ।
छिरिङले वडाबाट ल्याएको सिफारिस देखाए पनि सबैको सिफारिस छैन । यसबारे सोध्दा छिरिङले पटक–पटक बोली फेरिरहेको भन्दै प्रहरीले आवश्यक अनुसन्धान थालेको छ । बसमा हालेर बालबालिकालाई रातारात काठमाडौँ लैजान लागेपछि शङ्का लागेर उनलाई नियन्त्रणमा लिई सोधखोज गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायव निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार १६ बालिका र बाँकी बालक छन् । छिरिङले बालबालिका काठमाडौँको कुन ठाउँमा लैजाने भन्ने विषयमा पनि प्रस्ट खुलाउन नचाहेको प्रहरीले जनाएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















