इलामको रतुवा खोलाले जिप बगाउँदा दुई जना बेपत्ता, ४ जनाको उद्धार

नवलपुर टुडे


इलाम, जेठ २१ । इलामको चुलाचुली गाउँपालिका वडा ५ चपेटीभन्दा माथिको रतुवा खोलाले बोलेरो जिप बगाएको छ । लारूम्बा गाउँबाट दमकतिर आउँदै गरेको बोलेरो जिप खोलाले बगाएको हो ।
उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार रहेका थिए । ६ जनामध्ये ४ जनाको उद्धार भएको छ भने दुई जना अझै बेपत्ता रहेको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङले जानकारी दिए । घटना केहीबेर अघि भएको र गाडीको नम्बर अझै खुलिनसकेको अध्यक्ष केरुङले बताए ।
इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले घटनाबारे अपुष्ट जानकारी प्राप्त भएको बताएका छन् । अहिले घटनास्थलमा परिचालन गरिएको उनले जनाएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















