पश्चिम नवलपरासीमा हुरीबतासले विद्युत् अवरुद्ध

रासस


नवलपरासी,जेठ १८ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १८ जेठः बिहीबारको हुरीबतासका कारण पश्चिम नवलपरासीका केही स्थानमा पूर्णरुपमा विद्युत् सेवा अवरुद्ध भएको छ । हुरीले विद्युत्का अधिकांश तारपोलमा क्षति पुगेको छ ।
जिल्लाका दुई विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी बर्दघाट वितरण केन्द्रमा क्षति भएको छ । उक्त वितरण केन्द्रअन्तर्गतका सरावल गाउँपालिका–२ को विद्युत् ट्रान्सफर्मर पूर्णरुपले क्षति भएको छ । जम्मा १३ वटा ट्रान्सफर्मरमा क्षति भएको परासी विद्युत् वितरण केन्द्रका इन्जिनियर रमाशङ्कर शाहले बताउनुभयो ।
जिल्लाका अधिकांश क्षेत्रमा बिहीबार रातिदेखि विद्युत् सेवा अवरुद्ध रहेको उहाँले जानकारी दिनुभयो । सबै ट्रान्सरफर्मर मर्मत गरी विद्युत् पुनः सञ्चालन गर्ने तयारी गरेपनि सञ्चालनमा चुनौती देखिएको उहाँको भनाइ छ । हुरीका कारण जिल्लाभरि एक सय बढी पोलहरु ढलेको इन्जिनियर शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार हुरीका कारण विद्युत्को तार, पोल, एल्टी र ट्रान्सफर्मरलगायतका सामान गरी करिब ९० लाख बराबरको क्षति भएको छ । जिल्लाको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका, सरावल र प्रतापपुर गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















