बाराबाट १३ लाख १६ हजार नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

नवलपुर टुडे


बारा, जेठ १६ । बारा प्रहरीले १३ लाख भन्दा बढी नक्कली नेपाली रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले १३ लाख १६ हजार नेपाली नक्कली नोटसहित ३ जना नेपाली र १ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले जिल्लाको सिम्रौनगढ नगरपालिका-९ कचोर्वास्थित सानो बसवरीयाबाट नक्कली नोटसहित बारा कोल्हवी नगरपालिका-६ का २५ वर्षीय राजन चौधरी, वडा नं. ५ का १९ वर्षीय आकाश चौधरी र रौतहट राजपुर नगरपालिका वडा नं. १ का १९ वर्षीय मोहनकुमार साहलाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट ७ लाख ७ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । उनीहरूले प्रयोग गरेको ना३४प ३५१२ र बिआर ०६ ए डब्लु २७५८ नम्बरको दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, बाराको सिम्रौनगढ नगरपालिका – ९ ठूलो बसवरीयाबाट भारत बिहारको मोतिहारी थाना झौखर पञ्चायत कबैया ग्राम खरसलवा ७ का ४० वर्षीय महमद आलमलाई ६ लाख ९ हजार नक्कली नेपाली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई साइकलमा आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरीको कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















