केमिकल फ्याक्ट्रीमा विस्फोट हुँदा ८ जनाको मृत्यु

एजेन्सी


काठमाडौ, जेठ ११ । भारत महाराष्ट्रको ठाणे जिल्लामा एक फ्याक्ट्रीमा विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ। अन्य ६० जना घाइते भएका छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीवार ठाणे जिल्लाको डोम्बिवलीमा रहेको एक रासायन फ्याक्ट्रीमा विस्फोट हुँदा आसपासका घरहरूमा पनि क्षति पुगेको छ।
महाराष्ट्र सरकारका अनुसार विस्फोटका कारण भएको आगलागीका कारण अन्य ३ फ्याक्ट्रीमा पनि नोक्सानी भएको छ भने १२ वटा गाडीमा आगलागी भएको छ।
१० जना कामदारहरू फ्याक्ट्रमा रहेको बोयलरमा रासायनसँग सम्बन्धित काम गरिरहँदा आगलागी भएर विस्फोट भएको बताइएको छ।
घटना पछि महाराष्ट्र सरकारले मृतकका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने घोषणा गरेको छ भने घटनाबारे छानबिन हुने पनि बताएको छ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















