झापाकाे भद्रपुरमा गर्भवतीलाई मह र घिउ

रासस


झापा । झापाको भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउ प्रदान गर्दै आएको छ । ‘आमासँग नगर उपप्रमुख’ कार्यक्रमअन्तर्गत पालिकाको वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउसमेत प्रदान गर्ने गरेको भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीले बताउनुभयो ।
यो सेवा लिन गर्भवतीले सामुदायिक अस्पतालमा कम्तीमा दुई पटक स्वास्थ्य जाँच गराएको हुनुपर्छ । गर्भवतीलाई स्वास्थ्य संस्थामा नियमित जाँच गराउन प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको उपमेयर कार्कीको भनाइ छ । नगरले सञ्चालन गरेको यो कार्यक्रमअन्तर्गत अहिले नगर क्षेत्रका नौ सय जना गर्भवतीले अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउँदै सेवा लिएका उहाँले बताउनुभयो ।
नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्नेलाई दुई हजार रुपैयाँसमेत दिने गरेको छ । भद्रपुर नगरपालिकाले ‘आमासँग नगर उपप्रमुख’ कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ ।

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार
अरुपनि पढ्नुहोस
सबै
बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
















