रौतहट प्रहरीद्वारा रु.७५ हजार बराबरको अवैध कुखुरा बरामद गरि नष्ट

अशोक यादव


रौतहट, जेठ ८ । रौतहटको परोहा नगरपालिका वडा नं.८ बाट प्रहरीले अवैध कुखुरा बरामद गरि नष्ट गरेको छ ।
प्रहरी चौकी मौतिपुर नरकटिया रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार दिउँसो साढे १ बजेको समयमा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी मोटरसाईकलमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ८० पिस ब्रोईलर कुखुरा (अन्दाजी मूल्य रु.७५ हजार बराबरको) बरामद गरेको हो ।
मोटरसाइकल चालक भने प्रहरीलाई देखेर ब्रोईलर कुखुरा त्यही फाली मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ । बरामद गरिएको कुखुरा स्थानीय जन प्रतिनिधी, बुद्धिजिवी र संचारकर्मीहरु समेतको रोहबरमा नष्ट गरिएको हो ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















