Opens in a new tab

समाचार

पूर्वप्रधानसेनापति थापाको निधन

रासस
२०८१ जेष्ठ ३ | मध्यान्ह ०४:०२ बजे
काठमाडौँ । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ।

लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए।

उनको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो।

उनको तीन छोरा र एक छोरी छन्।

कमेन्टहरु