सिरहामा बम विष्फोट गरि ६ घर लुटियो, दुई स्थानीय गम्भीर घाइते

नवलपुर टुडे


सिरहा, जेठ १ । सिरहामा बम विष्फोट गरि ६ घरमा लुटपाट भएको छ । लहान नगरपालिका-१७ हरिपुर टोलमा गएराति ११ बजेदेखि लुटेराहरुले बम विष्फोट गरि ६ घरमा लुटपाट गरेका हुन् । बम विष्फोट हुँदा स्थानीयहरु घाइते भएका छन् ।
स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ । लुटेराहरुले नगद, गरहना लुटेका हुन् । उनीहरूलाई प्रतिकार गर्न खोज्दा स्थानीय योगेन्द्र यादव र निरंजन यादव गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ ।
यस्तै रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादव सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
लुटपाट भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि लहान नगरपालिकाबाट एक/एक लाख रुपैयाँ उपलब्ध गराउने लहानका मेयर महेश चौधरीले बताए । मेयर चौधरीले गाउँमै पुगेर घटनाबारे जानकारी लिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















