प्रधानमन्त्री दाहालले गरे नारायणी नदीमा सिग्नेचर पुलको शिलान्यास

नवलपुर टुडे


चितवन, वैशाख ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमा बन्न लागेको नयाँ पुल ‘सिग्नेचर ब्रिज’को शिलान्यास गरेका छन् । आज विहान प्रधानमन्त्री दाहालले चितवनको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो सिग्नेचर पुलको शिलान्यास गरेका हुन् ।
प्रचण्डले जग पूजासंगै शिलालेख अनावरण गरेका थिए । सो क्रममा बोल्दै उनले सम्झौता अनुसार निर्धारित समयमै पुल निर्माण हुनेमा विश्वास व्यक्त गरे । चितवनको भरतपुर महानगरपालिका र पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका जोड्ने नारायणी नदी माथि बन्न लागेको सिग्नेचर ब्रिज आकर्षक हुने बताइएको छ ।
अत्याधुनिक प्रविधिमा आधारित यो पुल केबलस्टेड ब्रिज शैलीमा आधारित रहेर बन्नेछ । अहिले रहेको नारायणी नदीको पुल भन्दा उत्तर तर्फ सो पुल निर्माण हुने छ । चार सय २० मिटर लामो सो पुलको चौडाइ १२ मिटर रहने छ । करिब १ अर्ब ६८ करोड नेपाली रुपैयाँ बराबरको लागतमा निर्माण हुन लागेको सो पुल निर्माणका लागि सन् २०२३ जुन २ मा श्री तुँदी कन्स्ट्रक्सन प्रा.लि. सँग ठेक्का सम्झौता गरिएको छ ।
ठेक्का सम्झौता अनुसार चार वर्षमा पुल निर्माणको काम सम्पन्न हुनुपर्ने छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















