धनुषामा हतियार देखाएर ८० लाख लुटपाट

नवलपुर टुडे


जनकपुरधाम, वैशाख २४ । धनुषामा हतियार देखाएर अज्ञात समूहले ८० लाख रुपैयाँ लुटपाट गरेका छन् ।
सोमबार धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित रघुनाथपुरमा श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले पेस्तोल देखाएर लुटेका हुन् ।
महतोले जनकपुरस्थित हिमालयन बैंकबाट रकम झिकेर रघुनाथपुर फर्किंदै गरेको अवस्थामा तीन जनाको समूहमा रहेको अज्ञात समूहले पेस्तोल देखाएर पैसा हालेको झोला लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रघुनाथपुरमा श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाको कार्यालय रहेको छ ।
धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















