वीरगन्जबाट चाँदीका गरगहनासहित एक युवक पक्राउ

नवलपुर टुडे


वीरगन्ज । भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याएका एक युवकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका–३ का २० वर्षीय रोशन सोनार छन् ।
उनलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले सोनारलाई वीरगन्ज मनपा–१६ रजतजयन्ति चोकबाट शनिबार बिहान १० बजे पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका सोनारलाई रोकी उनको शरीर खानतलासी गर्दा उनको कम्मरको भागमा रातो/सेतो रङको गम्छाले बाँधी ल्याएको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गरगहनाहरू बरामद भएको छ ।
बरामद गरगहनाहरु २ किलो १ सय ७३ ग्राम रहेको सोनारलाई गरगहनासहित आवश्यक कारवाहीको लागि आइतबार वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















