अपराध

स्याङ्जामा गस्तीमा खटिएका प्रहरी असईमाथि कुटपिट, तीन जना पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख २३ | मध्यान्ह १२:०१ बजे

काठमाडौँ, वैशाख २३ । स्याङ्जामा प्रहरी असईमाथि कुटपिट भएको छ । गएराति साढे १० बजे सदरमुकाम वालिङ नगरपालिका- १३ झोलुङगे बजारमा प्रहरी असई मोहन सिंहमाथि कुटपिट भएको हो । 

गस्तीमा रहेका असई सिंहमाथि तीन जना युवाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । सिंह थुमपोखरा प्रहरी चौकीका इन्चार्ज हुन् ।

कुटपिटमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटमा संलग्न भएको आरोपमा वालिङ नगरपालिका– १२ का २५ वर्षीय काजी गुरुङ, २४ वर्षीय सुदीप गुरुङ र २८ वर्षीय रविन गुरुङलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डीएसपी रानाले बताए ।

घाइते असई सिंहको हाल पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । 

कमेन्टहरु