विजयनगरको डालपुर र नौरंगियाका आगलागी पीडितलाई राहत
धर्मेन्द्र कुमार कुर्मी


कपिलवस्तु, बैशाख २१ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले डालपुर र नौरंगियाका आगलागी पीडितलाई राहत वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ डालपुर र नौरंगियाका आगलागी पीडितलाई ४० किलो चामल, ५ किलो दाल, नुन २ किलो, २ लिटर खाने तेल, मसला १ प्याकेट, सर्फ २ किलो, सोयाबिन १ किलो, आलु ५ किलो र चाउचाउ १ पेटी राहत स्वरुप वितरण गरिएको वडा अध्यक्ष अनवर मोहम्मद मुसलमाले नवलपुर टुडेलाई जानकारी दिए ।
यस्तै नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाले पनि राहत वितरण गरेको छ । आगलागी पीडित २८ परिवारलाई रेडक्रसको तर्फबाट अस्थायी बसोवासका लागी कम्बल बाल्टी त्रिपाल, चामल, दाल, नुन, तेल, साबुन, सर्फ, कपडा लगायतको सामग्री वितरण गरिएको सन्तोष श्रीवास्तवले जानकारी दिए ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकाबाट आगलागी पीडितलाई राहत स्वरुप सो खाद्यान्न लगायतको सामग्री उपलब्ध गराइएको बताए । उनले संघसंस्थासँग थप सहयोगका लागि पहल भइरहेको बताउँदै गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उपरीक्षक नवरत्न पौडेल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल र विजयनगर गाउँपालिका ७ का वडा अध्यक्ष तथा प्रवक्ता दिनेश कुमार चौधरीको उपस्थितिमा राहत वितरण गरिएको बताए ।
बुधबार करिब दिउँसो २ बजेतिर हावा हुरीका कारण गहुँको डाँठमा लागेको आगो गाउँमा पस्दा २८ घर र २५ गोठ जलेर नष्ट भएको थियो । डालपुरमा २२ घर, १९ गोठ र नौरङ्गियामा ६ घर र ६ गोठ जलेको थियो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा लगायतका सामान जलेद नष्ट भएका छन् ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















