अपराध

बारा प्रहरीद्वारा दुई सय १६ किलो गाँजा र ट्रकसहित दुई जना पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख १८ | मध्यान्ह ०७:०१ बजे

बारा, वैशाख १८ । बारा प्रहरीले दुई सय १६ किलो गाँजा र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

रतनपुरीबाट ना ५ ख ७५५२ नम्बरको ट्रकमा लोड गरी निजगढ तर्फ लैजाँदै गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट रतनपुरीको टोलीले गाँजा सहित दुई जनालाई सोमबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर हाँडीखोला – ६ स्थायी घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने दिपक कोइराला र अर्का ट्रकमा सवार मकवानपुर हेटौँडा उपमहानगरपालिका – ३० बस्ने जिवन घलान रहेका छन् ।

बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार निजगढ नगरपालिकाको रतनपुरीबाट निजगढ तर्फ आउँदै गरेको ट्रकलाई लालपार्कमा चेकजाँच गर्ने क्रममा ट्रक भित्र लुकाइएको अवस्थामा उक्त परिमाणको लागु औषध फेला परेको थियाे ।

कमेन्टहरु